२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

शिवपुरी साहित्य समाजमा नयाँ नेतृत्व

शिवपुरी साहित्य समाज,बुढानिलकण्ठ, काठमाडौंले वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी संरक्षक रहने गरी विष्णुबहादुर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

शिवपुरी साहित्य समाजका नयाँ समितिमा शंकर भारती उपाध्यक्ष, प्रकाश घायल महासचिव, दीपक लोहनी सचिव, माधव बिडारी कोषाध्यक्ष र गंगा आचार्य सहसचिव रहेका छन्।

त्यसैगरी सदस्यहरूमा वासुदेव गुरागाई, हरिकृष्ण धिताल, विनोद नेपाल, लव खड्का, कृष्णदेव रिमाल, रुपा रिसाल, रेणु अधिकारी ‘मौनता’, रामेश्वर केसी र बद्री उप्रेती रहेका छन्।

यसै कार्यसमितिले फागुन २७ गते केही सष्टालाई सम्मान गर्ने भएका छन्। जसअन्तर्गत सूर्यप्रसाद लाकोजूलाई विष्णु-पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार, मनोज न्यौपानेलाई शिवपुरी गजल सम्मान, पवन आलोकलाई नरबहादुर भारती स्रष्टा सम्मान, खुमराज घिमिरेलाई मानशोभा प्रतिभा सम्मान र हरिकृष्ण काफ्लेलाई गौरी कार्की स्मृति मुक्तक सम्मान प्रदान गरिने भएको छ।

प्रकाशित: १२ फाल्गुन २०७९ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App