२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

सपनाको चोमोलुङमा सार्वजनिक

‘सपनाको चोमोलुङमा’ गीत सार्वजनिक भएको छ। विशेष कार्यक्रमको आयोजना गरी ‘सपनाको चोमोलुङमा’ गीतको भिडियो सार्वजनिक गरिएको हो।

स्व. हेमन्तकला थुलुङको स्मृतिमा परिवारले निर्माण गरेको यस गीत गीतलाई हेमन्तकला यूट्युब मार्फत सार्वजनिक गरिएको छ।

गीतमा टिका चाम्लिङको शब्द, जसिहव राईको संगीत, विजय राईको स्वर र संगीतसंयोजन मनोजा सानसोङको रहेकाे छ।

किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको कोरसमा राई पुज्जा, अनिशा राई, संगीत राई, युनिशा राई र अनिरा राई छन्।

कार्यक्रममा संगीतकार जसिहब थुलुङ, ढुण्डीराज अधिकारी, लालसरा राई, केशव थुलुङ राई लगायतले ‘सपनाको चोमोलुङमा’ गीत र स्व. हेमन्तकला थुलुङबारे बोलेका थिए।

उक्त गीतले मान्छे काम तथा विचारले बाँच्छ भन्ने देखाइएकाे छ। स्व. थुलुङ केही वर्षअघि कोभिड-१९ ले बितेका थिइन्। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-८ मा जन्मिएकी थुलुङले भोजपुर, टेम्केमैयुङ गाउँपालिका-३ का रबिन बान्तवा राईसँग बिहे गरेकी थिइन्।

स्व. हेमन्तकला थुलुङकी  दिदी पूजा राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन साहस राईले गरेका थिए।

प्रकाशित: १० फाल्गुन २०७९ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App