७ वैशाख २०८१ शुक्रबार
कला

'छबिलाल र शिल्पाकाे विवाह हल्ला'ले चल्याे किस्मत २

धरान- ऋर्षि लाममिछानेको निर्देशनमा बनेको नेपाली चलचित्र किस्मत २ ले दशैंमा राम्रो ब्यापार गरेको छ।
वडा दशैंको अवसर पारेर गत शुक्रबार रिलिज भएको यो चलचित्रले एक सातामा आफ्नो लगानी उठाएको चलचित्र निर्माताले दाबी गरेका छन्।

कलाकार र निर्माताको टोलीले शुक्रबार धरानस्थित गणेश टाकिजमा पत्रकारहरुसँग कुराकानी गर्दै चलचित्रले राम्रो व्यापार गरेको बताए। निर्माता छबिराज ओझाका अनुसार ८० लाखको लागतमा चलचित्र किस्मत २ निर्माण भएको थियो।

शुक्रबारसम्म करिब ९० लाखको हाराहारीमा व्यापार भइसकेको उनले बताए। ‘आजको दिनसम्म यति नै व्यापार गरेको भन्दा पनि राम्रो व्यापार गरेको छ,’ ओझाले भने, ‘८० लाखमा चलचित्र बनेको हो, अनुमानित ८० देखि ९० लाखको हाराहारीमा व्यापार भएको छ।’ चलचित्रको व्यापारबाट आफू पुर्ण सन्तुष्ट रहेको पनि निर्माता ओझाले बताए।

पछिल्लो समय निर्माता ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच विवाह हुने हल्लाले पनि चलचित्रलाई चर्चामा ल्यायो। वितरक चैतन्य वरालले पनि ओझा र अभिनेत्री पोखरेलको विवाहको कन्ट्रोभर्सी र विविध कारणबीचमा फिल्मले आशा गरेअनुसार व्यापार गरेको बताए।

उनका अनुसार फिल्मले पाँच दिनमा देशभरबाट ८० लाख बढी व्यापार गरेको छ। ‘पहिलाको दशैंमा मोफसलमा दर्शकको चाप बढी र राजधानीमा कम हुन्थ्यो, यसपालली सबैतिर बराबर छ,’ बरालले भने। चलचित्रमा शिल्पा पोखरेल, पृथ्वीराजका मुख्य अभिनय छ। निर्माता ओझासँगै शुक्रबार दुवै जना धरान आएका थिए।

प्रकाशित: २८ आश्विन २०७३ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App