२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

पारिजातका कविता विषयक विचारगोष्ठी

पारिजात स्मृति केन्द्र काठमाडौं र नेपाल वाङमय परिषद्ले धनगढी कैलालीको कैलाली जनपुस्तकालयमा ‘वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचारगोष्ठी आयोजना गरेको छ।

नेपाल वाङमय परिषद, धनगढीका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी थिए। समारोहमा समालोचक तेजविलास अधिकारीले वर्ग पक्षधरताका कोणबाट पारिजातका कविता शीर्षकमा विचारपत्र प्रस्तुत गरेका थिए।

समालोचक डा. इन्द्रबहादुर भण्डारीले सो विचारपत्रको टिप्पणी गरेका थिए। विचारपत्र प्रस्तुत गर्ने क्रममा समालोचक अधिकारीले पारिजातको कविता लेखनका विविध आयामबारे चर्चा गरेका थिए। उनले पारिजातका पछिल्ला कवितामा वर्ग पक्षधरता सघन रूपमा पाइने बताए।

विचारपत्रमाथि टिप्पणी गर्ने क्रममा समालोचक डा. इन्द्रबहादुर भण्डारीले यस विचारपत्रका उपलब्धि एवं सीमाका विषयमा चर्चा गरेका थिए।

समारोहमा भाषा आयोगका सदस्य मातृका पोखरेल, पारिजात स्मृृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिना, प्रसिद्ध लेखक एवं परिषदका सल्लाहकार श्रेष्ठ प्रिया पत्थर, सुदूरपश्चिमाञ्चल प्रज्ञाप्रतिष्ठानका उपकुलपछि डा. टिएन जोशीले आफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रमा प्रसिद्ध कलाकार राजकुमार जोशी, संस्कृतिकर्मी धर्मराज जोशी, जयदेव जोशी दार्चुले, कैलाली जनपुस्तकालयका कोषाध्यक्ष शेरसिंह खडका, कैलाली जनपुस्तकालयका ग्रन्थपाल रघुनाथ जोशी लगायतका ५ दर्जन जति महानुभावको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले नेपाली साहित्यमा पारिजातको योगदानबारे चर्चा गरेका थिए।

उनले पारिजात नेपाली साहित्यमा सर्वाधिक पढिने र अनुसन्धान गरिने स्रष्टा भएको विचार गरेका थिए। समारोहमा खेम बतास, लक्ष्मीप्रसाद पौडेल, सिर्जन श्री, सागर कुश्मी, नरेन्द्र गिरी, फाल्गुना दाहाल, सुनिल बुढा, रमेश पन्त मितबन्धु, हेमबाबु लेखक, सागर कुश्मी, कोपिला शर्मा, हर्क बोहरा, अञ्जना श्रेष्ठ, बाबुराम आचार्य, श्रेष्ठ प्रिया पत्थर लगायतले रचना वाचेका थिए।

संस्थाका सदस्य एवं नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य जनक रसिक र संस्थाका सदस्य लक्ष्मीप्रसाद पौडेलले चलाएको सो समारोहमा संस्थाका उपाध्यक्ष बाबुराम आचार्यले स्वागत मन्तव्य दिएका थिए।

प्रकाशित: ९ फाल्गुन २०७९ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App