६ पुस २०८१ शनिबार
image/svg+xml
कला

'भ्यालेन्टाइन डे' मा रानीमहल पुग्ने जोडीलाई नगरपालिकाको स्वागत

‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको रानीमहल पुग्ने जोडीलाई तानसेन नगरपालिकाले भव्य स्वागत गरेको छ।

तानसेन नगरपालिकाले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहीत जोडीहरुलाई सम्मान तथा स्वागत गरेको हो।

आज प्रेम दिवसका दिन रानीमहलमा विशेष कार्यक्रमको आयोजना गरी जोडीहरुलाई सम्मानसँगै स्वागत गरिएको नगरपालिकाका प्रवक्ता यादवसिहं कार्कीले जानकारी दिए।

त्यहाँ पुग्ने २५ जोडीलाई विशेष सत्कार समेत गरिएको छ। उनीहरुलाई गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापन समेत गरिएको थियो। नगरपालिकाले युगल प्रेमिल जोडीलाई रातो कार्पेटमा राखेर रातो गुलावको फूल साटासाट गरी स्वागत गरेको थियो।

प्रचार प्रसारको अभावमा ऐतिहासिक रानीमहल ओझेलमा पर्न थालेपछि नगर सरकारले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेको हो। प्रेमको प्रतिकको रूपमा रहेको रानीमहललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिँदा यसको थप गरीमा बढ्ने भएकाले प्रेम दिवसमा कार्यक्रमको आयोजना गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए।

पर्यटन प्रवर्द्धन गर्दै रानीमहललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा पर्यटन व्यवसायिले गरेका छन्।

प्रकाशित: २ फाल्गुन २०७९ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App