२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

यस बर्षको मदन पुरस्कार रामलाल जोशीको 'ऐना ' लाई

काठमाडौं- यस बर्षको मदन पुरस्कार रामलाल जोशीद्वारा लिखित 'ऐना ' ले प्राप्त गरेको छ। आज बसेको मदन पुस्तकार गुठीको बैठकले ऐनालाई यस बर्षको मदन पुरस्कार दिने निर्णय गरेको हो।  

गुठीले वर्षका सात श्रेष्ठ पुस्तकहरू अकारादि क्रमानुसार भूवनहरि सिग्देलको ‘आमोई’, रामलाल जोशीको ‘ऐना’, निलम कार्की निहारिकाको ‘चीरहरण’, घनश्याम खड्काको ‘निर्वाण’, सरिता तिवारीको ‘प्रश्नहरुको कारखाना’, बुद्धिसागरको ‘फिरफिरे’ र दामोदर पुडासैनी ‘किशोर’ को ‘सिमानाका रंग, सिमानाका तरंग’ को सूची प्रकाशन गरेको थियो।

यस्तै ६० वर्ष भन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्री-वृद्धिका लागि निरन्तर समर्पित रहेका लीलबहादुर क्षेत्रीलाई जगदम्बा-श्री पुरस्कार दिने गुठीले निर्णय गरेको छ। सन् १९३२ मा असम गुवाहाटीमा जन्मिएका क्षेत्रीको पहिलो रचना सन् १९४९ मा प्रकाशित थियो। प्राध्यापन पेशामा पनि संलग्न क्षेत्रीको चर्चित उपन्यास बसाईँ समेत दर्जन भन्दा धेरै साहित्यिक कृतिहरू प्रकाशित र लोकप्रिय छन्।

२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपटक वि.सं. २०१३ सालमा हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशी लाई प्रदान गरिएको थियो। दुवै पुरस्कारको राशी २-२ लाख रहेको छ। यो पुरस्कार प्रत्येक वर्ष घटस्थापनाको अर्को दिन वितरण गरिन्छ।

 

प्रकाशित: ४ आश्विन २०७३ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App