सुरेश कार्की ‘निसाद’
दमले आमाको छाती फुलेको धेरै भयो,
रोगले बाबुको आँखा नखुलेको धेरै भयो।
छोरा परदेशी बन्यो छोरी पराई बनिन्,
दुईले यी बुढा बाआमा भुलेको धेरै भयो।
अनेक फल्थे फुल्थे तगडा हुँदा हातगोडा,
खेतबारीमा दुबो-सिरु झुलेको धेरै भयो।
आँत भिज्ने गरी पानी पिलाउने कोही छैन,
घरमा भोकप्यास गरिबी चुलेको धेरै भयो।
हिरिकहिरिक श्वास अलिकति बाँकी छ,
काल दुईको वरिपरि डुलेको धेरै भयो।
प्रकाशित: २७ माघ २०७९ ०७:०९ शुक्रबार