२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘अवकाश’सार्वजनिक

आर्थिक तथा साहित्यिक प्रकाशन ‘अवकाश’को दशौं अंक सार्वजनिक भएको छ। राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारीसंघद्वारा प्रकाशित हुँदै आएको सो प्रकाशन एक समारोहका बिच सार्वजनिक गरिएको हो।

सो प्रकाशनको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायतले सामूहिक विमोचन गरेका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथि किरणकुमार श्रेष्ठले आफ्नो संस्थाबाट निवृत्त कर्मचारीहरूको सिर्जनशीलता र सक्रियता देखेर अत्यन्त खुसी लागेको भन्दै संघलाई बैंकको तर्फबाट सक्दो सहयोग हुने बताए।

त्यस्तै इतिहासकार एवं अर्थविद् देवीचन्द्र श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक विभिन्न आरोह-अवरोहबाट अघि बढेको भन्दै बैंकको इतिहास समेटेर पुस्तक प्रकाशन गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा संघका सल्लाहकार एवं ‘अवकाश’का प्रधानसम्पादक विनोद नेपालले अवकाशलाई अझ पठनीय बनाउँदै लैजाने बताए।

कार्यक्रमको सभाध्यक्ष तथा संघका अध्यक्ष दिनेशविक्रम थापाले मातृसंस्थाबाट संघले प्राप्त गरिरहेको सहयोगका लागि व्यवस्थापनलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग पाइरहने र भूतपूर्व कर्मचारीहरूले बैंकका पक्षमा काम गरिरहने धारणा राखेका थिए।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली लगायत दर्जनौको सहभागिता थियो। संघका कोषाध्यक्ष लक्ष्मीप्रसाद पराजुलीले स्वागत मन्तव्य दिएको कार्यक्रम महासचिव शैलेन्द्रकुमार शाहले चलाएका थिए।

प्रकाशित: २७ माघ २०७९ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App