५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन्।

बिहीवार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले लागिपरेको बताए।

उनले चलचित्र क्षेत्रको विकास गर्न भनेर नै आफू रिटायर्ड हुने बेलामा जागिर खान चलचित्र विकास बोर्ड आएको बताए।

उनले भने, ‘आजको दिनमा हाम्रो एउटा मात्रै उद्देश्य र लक्ष्य भनेको नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पु¥याओस्। नेपाली चलचित्र अहिलेसम्म विकास नहुनुको खास कारण चलचित्र ऐन, २०२६ सालमा बनेको थियो, अहिलेसम्म त्यही चलिरहेको छ। त्यसको संशोधन हुन नसक्नु हो। अब पनि यो ऐन पास भएन भने चलचित्र विकासले फड्को मार्न सक्दैन। चलचित्र विकास र प्रवद्र्धनको लागि मरिमेटेका छौँ। चलचित्र क्षेत्रकै विकासका लागि रिटायर्ड हुने बेलामा जागिर खान आएको छु। चलचित्र क्षेत्रमा केही गर्न सकुँ भनेर नै त्यहाँ गएको हुँ। अमेरिकामा गएर नेपाली चलचित्रको बारेमा कार्यक्रम गर्नु नै फलामको चिउरा चपाए सरह छ।’

अध्यक्ष केसीले चलचित्र प्राविधिक संघले नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि नेफ्टा अवार्ड अमेरिकामा गर्न लागेको भन्दै अमेरिकामा नेपालले गएर कार्यक्रम गर्नु नै फलामको चिउरा चपाए सरह रहेको बताए।

प्रकाशित: २६ माघ २०७९ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App