२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

चिनो बन्छ रे मायाको ढुंगै भए पनि

मुक्तक

रेणु अधिकारी मौनता

 १.मुक्तक

चिनो बन्छ रे मायाको ढुंगै भए पनि,

कहिले नभेटिने गरि टाढा गए पनि।

समयको छालले हुत्याएर अनन्तमा,

सम्झ्नाले मुटु जल्छ जहाँ रहे पनि।

 २.मुक्तक

तिमीले कसम खाएरै त होला,

चोखो माया लाएरै  त  होला।

हेर,सुनखरी कसरी फुलेकी?

तिम्रो साथ सदा पाएरै त होला।

  ३.मुक्तक

फेर्न मिल्ने भए यो मुटु मेरो फालिदिन्थे म,

सधैंभरि बिझाउने मुटु मेरो बालिदिन्थे म।

मिल्ने भए देखाउन,यो मुटुमा तिम्रो नाम,

तथ्य प्रमाण पुयाएर मुद्दा हालिदिन्थे म।

  ४.मुक्तक

फूलको माया जूनले गरे,

बैगुनीको माया गुनले गरे।

कति सुन्दर हुन्थ्यो जीवन,

मेरो माया उन्नले गरे।

 ५.मुक्तक

बादलुको पोकासँगै अल्किएर हो कि,

सूर्यमूखी ज्वालासँगै सल्किएर हो कि।

धर्तीतिर फर्किएर हेर्नै पनि छाड्यौ,

चन्द्रसँग प्रीति लाउन पल्किएर हो कि।

प्रकाशित: २६ माघ २०७९ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App