२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कपन साहित्य समाजबाट सुवेदी र शर्मा सम्मानित

कपन साहित्य समाजले एक विशेष समारोहका बिच ‘कसास यात्री स्मृति सम्मान-२०७७’ वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीलाई र ‘कसास यात्री स्मृति सम्मान-२०७८’ वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्मालाई प्रदान गरेको छ।

कपन साहित्य समाजबाट प्रकाशित कपन दर्पणको कविता विशेषांक विमोचन सहितको कार्यक्रममा स्रष्टाद्वयलाई सम्मान गरेको हो।

कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित ‘कसास यात्री स्मृति सम्मान’ प्रदान गर्दै आएको छ। यही क्रममा २०७५ सालमा प्रा. दयाराम श्रेष्ठ’ सम्भव र २०७६ सालमा संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको थियो।

सम्मान कार्यक्रममा कपन साहित्य समाजद्वारा प्रकाशित कपन दर्पण (कविता विशेषांक) २०७९ को लोकार्पण गरिएको थियो। विशेषांकमा १११ राष्ट्रिय तथा नवोदित कवि-कवयित्रीहरूको रचना समेटिएका छन्।

समाजका अध्यक्ष गणेशकुमार मिश्रको सभापतित्वमा आयोजित समारोहमा समाजका संस्थापक अध्यक्ष,संरक्षक एवं बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा सम्मानित स्रष्टा एवं पुस्तकबारे विष्णु प्राडा शैलेन्दुप्रकाश नेपालले बोलेका थिए।

उक्त कार्यक्रममा प्राडा हेमनाथ पौडेल, प्रा जगत् उपाध्याय प्रेक्षित, डा भारद्वाज मित्र, त्रिलोचन आचार्य, होमशंकर बास्तोला, आरएम डंगोल, विकल त्यागी, ओमप्रसाद कोइराला, उद्धव खरेल, विष्णु केसी, हेमा अधिकारी, श्यामा विमली पन्त, शिव श्रेष्ठ पवित्रा चिमोरिया, ध्रुव भट्टराई, आषिश गुरागाई, इन्द्रकुमार श्रेष्ठ सरित, ठाकुरप्रसाद खकुरेल, ताराप्रसाद देवान, निमबहादुर ओली, पुण्यराज पुडासैनी, तेजकुमारी लामिछाने, मदन खकुरेल लगायतका कवि/कवयित्री उपस्थित कार्यक्रममा सम्मानित स्रष्टा प्राडा अभि सुवेदी, प्राडा गार्गी शर्मा, प्राडा शैलेन्दु प्रकाश नेपाल, नगर प्रमुख मीठाराम अधिकारी, अध्यक्ष गणेशकुमार मिश्रले सम्बोधन गरेका थिए। उपाध्यक्ष डा. विष्णु केसीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मण अधिकारीले गरेका थिए।

प्रकाशित: २२ माघ २०७९ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App