२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कमलराज खम्बु राई आने स्मृतिगन्थ्र लोकार्पण

प्रभाव पब्लिकेशन प्रालिको आयोजनामा पत्रकार ‘कमलराज खम्बु राई आने स्मृतिगन्थ्र’ लोकार्पण भएको छ।

पत्रकार कमलराज खम्बु राई आनेको वार्षिक पुण्य तिथिको अवसरमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सो स्मृतिगन्थ्रकाे लोकार्पण गरेका हुन्।

प्रभाव दैनिक तथा खासखबर साप्ताहिकका सम्पादक कमलराज राई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पनि हुन्। उनको २०७८ साल माघ २० गते हृदयघात भई निधन भएको थियो।

लोकार्पित स्मृति ग्रन्थबारे श्रीराम राईले समीक्षात्मक टिप्पणी गरेका थिए। उनले स्मृतिगन्थ्र पत्रकारिता सम्बन्धी बुझ्न चाहनेका लागि निकै उपयोगी भएको बताए।

पत्रकार खम्बुका जीवनसँगिनी लालसरा राईले प्रकाशन गरेको उक्त स्मृतिग्रन्थको सम्पादन डा. सुकराज राई,डा.धनप्रसाद सुवेदी, जीवनजीत राई एस खम्बु र विकास राई सौगातले गरेका हुन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदी, पूर्व सांसद् टंक राई, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख चिरञ्जीवी खनाल लगायतले बोलेका थिए।

कार्यक्रममा प्रभाव पब्लिकेसनका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा कमलराज राईको जीवनमा आधारित वृत्तचित्र पनि देखाइएको थियो।

कार्यक्रममा शान्तराम बिडारीले कमलराजसँगको संस्मरण सुनाए। हामी २०५६ सालमा रत्न राज्यलक्ष्मी क्याम्पसमा रात्रिकक्षमा पत्रकारितामा आईए पढ्थ्यौ। हाम्रो २२ वर्ष जति सहकार्य भयो। अहिले त्यहीं क्याम्पसमा विए दोस्रो र तेस्रोका वर्षका विद्यार्थीलाई पढाउन जाँदा त्यतिबेलाको झल्को आउँछ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदीले हरेक क्षेत्रमा प्रसिद्धि कमाएको सहयोद्धाको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुर्‍याएको बताए।

सम्पादकमण्डलको तर्फबाट डा. सुखराज राई पत्रकारिता तथा समाजसेवाको क्षेत्रमा कहलिएका व्यक्तिको स्मृतिग्रन्थ पठनीय बनाउन सक्दो कोसिस गरेको बताए।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख चिरञ्जीवी खनालले कमलराज इमानदार विद्यार्थी भएको बताए। उनले भने, ‘उनी अत्यन्तै इमानदार र काममा जिम्मेवार विद्यार्थी हुन्। उनी काममा सधैं खटिरहन्थे। मैले उनलाई स्वास्थ्यमा ख्याल गर्नू र कहिल्यै पढ्न नछोड्नू भन्दै सम्झाएको थिएँ।’

उनले स्मृतिगन्थ्र पत्रकारको जीवन शैली बुझ्न र पत्रकारिताबारे बुझ्न चाहने विद्यार्थीका लागि निकै उपयोगी भएको पनि बताए।

पूर्व सांसद् टंक राईले कमलराज संघर्षको पर्याय भएको बताए। उनी संघर्षका पर्याय हुन्।उनले कुखुरापालनदेखि फोहोरमैला व्यवस्थापनको पनि काम भियाएका छन्। हामीले केही समय एउटै मिसनमा पत्रकारिता गर्‍यौ। त्यतिबेला अहिले जस्तो छयासछयास्ती अनलाइन पत्रपत्रिका थिएनन्। धेरै दुख गर्नुपर्थ्यो तर उनले कहिल्यै हार खाएनन्।’

प्रमुख अतिथि रामहरि खतिवडाले सबै कुरा बँचाए मात्रै देश बन्ने कुरा बताए। उनले भने, ‘एकपक्षी भएर देश बन्दैन। कमलराज भाषा,संस्कार र संस्कृति सबै कुरा बँचाउनुपर्छ भन्थे। उनले मरेर बाँच्नु काम गरेका छन्।’

कार्यक्रम कमलराज राईको जीवनसँगिनी लालसरा राईको अध्यक्षतामा सम्पन्न भएको थियो। 

प्रकाशित: २१ माघ २०७९ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App