२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

विकास र अञ्जली अधिकारी अभिनित ‘नबुझ्छौ कहिले तिमी’ को भिडियो सार्वजनिक

ओएसआर डिजिटलमार्फत विकास र अञ्जली अधिकारी अभिनित ‘नबुझ्छौ कहिले तिमी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ। यसमा शब्द सन्ध्या पौडल, स्वर र संगीत सविना अधिकारी र एरेन्ज प्रकाश केसीकाे रहेकाे छ।

एउटा छुट्टै कथावस्तुमा आधारित यस भिडियोमा कलाकारहरू विकास लामिछाने, अञ्जली अधिकारी र अवि सुनुवारको मुख्य भूमिका रहेको छ भने अतिथि कलाकारमा चर्चित कलाकार आदित्य देव रुपाखेती र आशिषदेव रुपाखेती रहेका छन्।

यस भिडियोको छायांकनमा मुकेश हुमागाईं, कोरियोग्राफर राहुल बराइली, सम्पादनमा  विनोद वमको रहेको छ भने चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन्। यस भिडियोको निर्माता रामप्रसाद अधिकारीले गरेका छन्।

एउटा छुट्टै कथावस्तुकाे यस म्यूजिक भिडियो बनाएको र गायिका सविना अधिकारीका दृश्यहरू अमेरिकामा नै छायांकन गरिएकाले यसको बेग्लै महत्व रहेको निर्देशक रुपाखेतीले बताए।

निर्देशक रुपाखेती म्यूजिक भिडियो राम्रो बनेकाले दर्शकहरूले मनपराउनेमा ढुक्क छन्। उनले विदेशी भूमिमा बसेर पनि नेपाली गीत-संगीतमा गीतकार सन्ध्या पौडल, गायिका तथा संगीतकार सविना अधिकारी र निर्माता रामप्रसाद अधिकारीको उल्लेख्य भूमिका रहेकाे पनि बताए।

प्रकाशित: २१ माघ २०७९ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App