१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

शिवपुरी साहित्य समाजले पाँच स्रष्टालाई सम्मान गर्ने

शिवपुरी साहित्य समाजले पाँच स्रष्टालाई सम्मान गर्ने भएको छ। वियोगी बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले शिवपुरी साहित्य समाजले अर्पण गर्दै आएको विभिन्न विधाका पाँच पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो।

पनौती, काभ्रेका सूर्यप्रसाद लाकोजूलाई विष्णु-पुष्पा साहित्यिक पत्रकारिता-२०७९, विराटनगरका मनोज न्यौपानेलाई शिवपुरी गजल सम्मान-२०७९ र पवन आलोकलाई नरबहादुर भारती स्रष्टा सम्मान-२०७९ प्रदान गरिने भएको छ।

त्यसैगरी अर्घाखाँचीका खुमराज घिमिरेलाई शीतगंगालाई मान शोभा प्रतिभा सम्मान-२०७९ र  रौतहटका हरिकृष्ण काफ्लेलाई गौरी कार्की स्मृति मुक्तक सम्मान -२०७९ प्रदान गरिने भएको छ।

उक्त सम्मान २०७९ फागुन २७ गते शनिबार टोखा नगरपालिका १ बौडेश्वरमा  समर्पण गरिंदै छ।

प्रकाशित: १७ माघ २०७९ ०६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App