चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको पाइरेसी रोक्नका लागी बिशेष ऐन ल्याउने तयारी गरेको बताएका छन्।
अध्यक्ष केसीले चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको कार्यशालाको समापन समारोहमा बोल्दै बोर्डको टिमले अहिले ऐनको काम गरिरहेको जानकारी गराए।
उनले पाइरेसीबाट चलचित्र क्षेत्रलाई नै ठुलो नोक्सानी हुँदै आएको र भोलीका दिनमा त्यस्तो नोक्सानी रोक्नका लागी बोर्डले बिशेष ऐन ल्याएर नेपाली चलचित्रलाई व्यवस्थीत गर्न खोजेको जानकारी दिए।उनले भने, चलचित्रको प्रदर्शनको क्रममा हुने पाइरेसीले जटिल समस्या ल्याउँछ। त्यस्तो पाइरेसी रोक्नुपर्छ। बोर्डले त्यसको ऐनका लागी काम गरिरहेको छ।
प्रकाशित: १५ माघ २०७९ ०१:५५ आइतबार