४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

नायक अनमोल केसीको ‘छड्के २’ को टिजर सार्वजनिक

युवास्टार  नायक अनमोल केसीको मुख्य अभिनय रहेको  चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक गरिएको छ। फागुन १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको टिजर हेर्दा ग्याङस्टरको कथा रहेको देखिन्छ।  

सार्वजनिक गरिएको भिडियोमा  मनाङको सुन्दर पठारबाट सुरु भएर चितवनको फाँटमा सकिएको छ।टिजरमा मुख्य चरित्र चित्रण गरिएको छ। चलचित्रले मनाङको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा समाबेस गरिएको छ। रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँ टिजरमा देख्न सकिन्छ। ग्रीन ग्याङको नाइकेको रुपमा अनमोल छन्। अनमोल मेनडगको भूमिकामा छन्।

मेगास्टार अनमोलको यो पहिलो ग्याङस्टर चलचित्र हो। उनको चरित्र र हुलियाले दर्शकको मन जित्छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार चलचित्रमा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ। निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन्। कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन्।

प्रकाशित: १४ माघ २०७९ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App