१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

समभोक’ सार्वजनिक

साहित्यकार शिव प्रकाशको उपन्यास ‘समभोक’ सार्वजनिक भएको छ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच डाक्टर गोविन्द केसी, युवराज घिमिरे, विजयकुमार, शंकर तिवारी, सुजना घिमिरे, लेखक शिव प्रकाश, लेखककी आमा र लेखककी श्रीमतीले संयुक्तरूपमा ‘समभोक’ लोकार्पण गरेका हुन्।

दुई चरणमा विभाजन गरिएको कार्यक्रममा पहिलो चरणमा पत्रकार विराट अनुपमले विमर्श गर्नुभएको थियो।विमर्शमा पत्रकार युवराज घिमिरे, विश्लेषक शंकर तिवारी तथा समाजशास्त्री सुजना घिमिरे सहभागी भएका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले भोक, भोग र सम्भोग विषयमा लेखकले न्यायपूर्ण दृष्टिकोण प्रस्तुत गरेको बताउनुभयो।लेखक विजयकुमारले दर्शन र भोकका बीचमा संयोजन रहेकाले पुस्तक सबैका लागि गाह्य रहेको बताए।पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

प्रकाशित: ७ माघ २०७९ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App