२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

पच्चीस वर्षपछि ‘संवेदनाका स्वरहरू’ निबन्धकृतिको चर्चा

शंकर लामिछाने प्रतिष्ठानले चार निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशका ‘संवेदनाका स्वरहरू’ निबन्धसंग्रह प्रकाशनको २५ वर्ष (रजत महोत्सव)को अवसरमा समीक्षात्मक कार्यक्रमको आयोजना गरेको छ।

सो अवसरमा ‘संवेदनाका स्वरहरू’ निबन्धसंग्रहका भूमिका लेखक प्राडा. शैलेन्दुप्रकाश नेपाल र सो कृतिका आवरण कलाका कलाकार केके कर्माचार्य लगायत समीक्षकद्वय डा. ज्ञानु पाण्डे र महेश पौडेलले निबन्ध लेखनका उतार-चढावका विविध पक्षमा चर्चा गरेका थिए।

‘संवेदनाका स्वरहरू’ का चार निबन्धकारले आआफ्ना मन्तव्यका क्रममा बितेको २५ वर्षदेखि निबन्ध र नियात्रा लेखनमा कृति प्रकाशनका साथै उक्त विधालाई निरन्तरता दिंदै आएको बताएका थिए।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सप्पन्न कार्यक्रममा साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई लेखकहरूका तर्फबाट आभार-पत्रसहित अभिनन्दन गरिएको थियो। कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए।

प्रकाशित: ३० पुस २०७९ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App