७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

फेशन रनवे एक्स्पोमा स्वस्तिमा र मलाइका

तस्बिरः किरणराज विष्ट,रासस

भारतीय अभिनेत्री मलाइका अरोराले  ‘फेशन रनवे एक्स्पो’मा भाग लिएकी छिन्।

नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनद्वारा बिहीबार काठमाडौँमा आयोजित ‘फेशन रनवे एक्स्पो’मा उनले भाग लिएकी हुन्। 

ज्वेलरी फेसन शोमा मलाइकाले नेपाली पोशाक र गहनामा सजिएर र्‍याम्प वाक गरेकी हुन्। नेपाली डिजाइनरका आकर्षक लेहेंगा र हीराको हार, औंठी, ब्रासलेटमा मलाइका आकर्षक देखिएकी थिइन्। ‘फेशन रनवे एक्स्पो’मा अभिनेत्री स्वस्तिमा खड्काले पनिभाग लिएकी थिइन्।

होटल याक एण्ड यतिमा आयोजित जेम एण्ड ज्वेलरी फेसन रनवेमा मोडल तथा अभिनेत्रीहरुले गहना र फेसन डिजाइनलाई प्रस्तुत गरेका हुन्।

प्रकाशित: २९ पुस २०७९ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App