२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

किरण मानन्धरलाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले २०७९ का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान र राष्ट्रिय कलाश्री पुरस्कारहरूको घोषणा गरेको छ।

ललितपुरमा बिहीबार बसेको निर्णायक समितिको बैठकले वरिष्ठ चित्रकार तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरलाई अमूल्य राष्ट्रिय कलाश्री सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो।

यसैगरी यस वर्षको राष्ट्रिय कलाश्री पुरस्कार प्रसिद्ध समालोचक प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमलाई, प्रसिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार लोकप्रिय कवि निबन्धकार भूपिनलाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा कवि डा. टंक उप्रेतीलाई, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार वरिष्ठ सिर्जनशील फोटोग्राफर जगदीश तिवारीलाई र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकप्रिय गायिका मेलिना राईलाई प्रदान गर्ने भएको छ।

उक्त सम्मान र पुरस्कार काठमाडौंमा चाँडै सम्पन्न हुने विशेष कार्यक्रममा प्रदान गरिने भएको छ।

प्रकाशित: १७ पुस २०७९ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App