२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

टेनिस स्टार खेलाडी नडालले गरे सन्यासको घोषणा

विश्व चर्चित टेनिस खेलाडी रफाएल नडालले सन्यासको घोषणा गरेका छन्।

३८ वर्षीय स्पेनिश खेलाडी नडालले यसै वर्षको नोभेम्बरमा हुने डेविस कप फाइनल्समा अन्तिम खेल खेल्दै सन्यास लिनेछन्।

उनले एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘म तपाईंलाई जानकारी दिन चाहन्छु की अब म व्यावसायिक रुपले टेनिसबाट सन्यास लिँदैछु। पछिल्ला केही वर्ष विशेषगरी गत २ वर्ष मेरा लागि निकै कठिनाईपूर्ण रह्यो।’

उनले भने, ‘अब म आगामी दिनमा खेल्न सक्ने अवस्थामा छैन। त्यसकारण नोभेम्बरमा हने खेल मेरो खेल जीवनको अन्तिम व्यावसायिक खेल हुनेछ।’

नडालले हालसम्म २२ वटा ग्रान्ड स्लाम टेनिसको उपाधि आफ्नो नाम गरिसकेका छन्।

प्रकाशित: २४ आश्विन २०८१ १५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App