२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कवि साकार र पराजुली सम्मानित हुने

नेपाल स्रष्टा समाजले सोह्रौं स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ।

यसैगरी विसं २०७९ को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान चर्चित कवि नवराज पराजुलीलाई प्रदान गरिने भएको छ। चालीस वर्षमुनिका स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।

साहित्यकारद्वय चेतनाथ कँडेल ‘हरित’ र श्रीमती सीता कँडेललेले आफ्नो छोराको स्मृतिमा स्थापना गरेको यो सम्मानबाट साहित्यकार रमेश शुभेच्छु, अनुपम रोशी, महेश पौडेल र मिलन समीर सम्मानित भइसकेका छन्।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको महासचिव देविका तिमिल्सिनाले बताएका छन्।

प्रकाशित: १३ पुस २०७९ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App