चलचित्र सरी ममको ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।
१ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ। लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्ममा प्रमुख कलाकार सरिता लामिछाने, सरोज खनालको अभिनय रहेको छ। चलचित्रमा परिवारको सदस्य दुव्र्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ। किशोरावस्था उमेरलक्षित चलचित्रको सार्वजनिक ट्रेलरले कुलतविरुद्धको सन्देश बोल्छ।
नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाईं , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ। फिल्ममा दीर्घ गुरुङको छायाङ्कन र प्रितम पाण्डेको सम्पादन छ। आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मको निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ पनि छन्।
प्रकाशित: २७ मंसिर २०७९ ०५:०१ मंगलबार





