७ वैशाख २०८१ शुक्रबार
कला

अहम्त्याइँ

लघुकथा

शान्ति पौडेल

बतासे दाइका दुई छोरा थिए। दाइ गरिब र भाइ धेरै धनी थिए।

दाइ स्वस्थ्य र सकारात्मक थिए। भाइले दाजुलाई अलि हेला पनि गर्थे।

भाइ अलिक रोगी थिए तर रोगी भनेर ऊ आफ्नो कमजोरी कहिल्यै स्विकार्दैन थिए। भाइलाई बिस्तारै रोगले च्याप्दै लागेछ।

पैसाको तुजुकले बाहिरको खाने र घरको खाँदै नखाने बानी बसेको थियो। केही समयपछि भाइलाई क्यान्सर भएर उपचारको क्रममा रहेछन्।

लामो समय भइसकेको रहेछ तर दाइलाई थाहै थिएन। उसले लास्ट स्टेजमा पुगेपछि मात्रै सुनाएछन्।

दाइले अचम्म मान्दै सोधेछन्, ‘भाइ,किन थाहा दिइनस् मलाई? के म तेरो दाइ हैन! सावधान हुन म तँलाई केही कुरा सम्झाउथें नि।’

भाइले पछुताउँदै सोधे, ‘दाइ,के सम्झाउनुहुन्थ्यो र?’

- अरू त के हुनु नि! तँ मभन्दा माथिल्लो लेबलमा छस्। तैपनि बाहिर होटल/रेस्टुरेन्टको खानेकुरा नखा है, रोग लाग्छ भन्थें नि। तँ मेरो एउटा मात्र भाइ थिइस्। निरोगी भएको हेर्न चाहन्थें। अब मसँग उपचार गर्न दिने पैसा पनि छैन।

भाइ रुञ्चे स्वरमा भन्दै थिए, ‘दाजु, म पैसावाल छु। तर, पैसाले बँचाउन नसक्ने रोगले छटपटिंदै छु। माफ पाऊँ दाजु, म आज आफ्नै अहम्त्याइँले हरेक रोगको शिकार भई मृत्युसँग लड्दै छु।’

प्रकाशित: ११ मंसिर २०७९ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App