कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता दोब्बर बनाएको छ।
कास्की क्षेत्र नम्बर ३ मा ११ हजार ५ सय २२ मत गणना हुँदा रास्वपाकी बिना गुरुङले ६ हजार ४७ मत प्राप्त गरेकी हुन्।
गुरुङकी निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका मनोज गुरुङले २ हजार ९ सय ५९ मत प्राप्त गरेर पछ्याइरहेका छन्।
यस्तै, नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले १ हजार ७ सय ३७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल गिरीले २९९ मत ल्याएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ११:३१ शुक्रबार





-600x400.jpg)