२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

बारा-३ मा रास्वपाका अरविन्द साहको फराकिलो अग्रता कायमै

बारा-३ मा ५४०५ मत गणना हुँदा रास्वपाका अरबिन्द साहलाई ३५४८, जसपा नेपालका रामबाबू यादवलाई ५४६, कांग्रेसका फरमुल्ला मन्सुरलाइ ३९३, जनमतका प्रमोद गुप्तालाई ३७३, एमलेका ज्वालाकुमारी साहलाई १४२ प्राप्त भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ३ मा कुल ६७.६ प्रतिशत मतदान गरिएको थियो।

‎बाराको सहायक प्रमुख निर्वाचन अधिकृत राजकुमार दहालले एक लाख १३ हजार ५ सय २१ मतदाता मध्ये ७६ हजार ७ सय २२ जनाले मतदान गरेका जनाएका छ्न्।

‎मतदान गर्नेहरूमा महिला मतदाता ३६ हजार १ सय ९९ जना रहेका छन् भने पुरुष मतदाता ४० हजार ५ सय २३ जनाले मतदान गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App