प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणना जारी छ।
पछिल्लो अपडेट अनुसार रास्वपाका रवि लामिछानेले ६ हजार ७०० मतसहित फराकिलो अग्रता कायम राख्दै अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी, एमाले उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३२९ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसकी मिनाकुमारी खरेल २ हजार ३२२ मतसहित तेस्रो स्थानमा छिन् भने नेकपा उम्मेदवार प्रताप गुरुङ १ हजार ५५८ मत पाएका छन्। हालसम्म क्षेत्रका १४ हजार २२ मत गणना भइसकेको निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १२:०२ शुक्रबार





-600x400.jpg)