३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

कास्की-१ मा रास्वपाका गनेस पौडेलको जित सुनिश्चित

कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेलको जित सुनिश्चित भएको छ।

कास्की क्षेत्र नम्बर-१ मा रास्वपाका पौडेल फराकिलो मतान्तरसहित जित उन्मुख भएका हुन्। कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा हालसम्म ५१ हजार८४ मतगणना सम्पन्न हुँदा रास्वपाका पौडेल २७,६०२ मतसहित जित नजिक पुगेका छन्। उनलाई नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ८ हजार ७ सय ३६ मतसहित पछ्याउँदै छन् भने नेकपा एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले ८ हजार ३ सय ४५ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका राजकाजी गुरुङले १ हजार ८ सय ६४ मत प्राप्त गरेका छन्। यहाँ हालसम्म २ हजार सत्तरी मत बदर भएको छ। कास्की १ मा अब पोखरा-२९, ३०, ३१ र ३२ को मतगणना बाँकी छ।

प्रकाशित: २३ फाल्गुन २०८२ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App