प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशम्शेर राणाले अग्रता लिएका छन्।
कांग्रेसका राणाले ५ हजार ४ मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३ हजार २४३ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चेतनाथ सञ्जेलले २ हजार ९२२ मत प्राप्त गरी तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सुनिल महर्जनले ५०१ मत पाएका छन्।
यहाँ अन्य ठाउँहरूको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी भने केही कमजोर देखिएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १५:३७ शुक्रबार





