७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

वीरगन्ज महानगरपालिकाः गठबन्धनकाे अग्रता

वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवारले एमालेको उम्मेदवारभन्दा झन्डै दोब्बर अग्रता लिएका छन।

बिहीबार अपरान्ह ४ बजे सार्वजनिक भएको ३२ हजार ७ सय १ मत गणना हुदा मेयरमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी, नेपालका राजेशमान सिंहले एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा ८ हजार ८ सय ८९ बढि मत प्राप्त गरेका छन्। 

जसपाका सिंहले १८ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् भने एमालेका सरावगीले ९ हजार ५ सय ४ मत पाएका छन् । सिंहले सरावगीसंगको मतान्तर निरन्तर बढाउदै लगेका छन्। राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ८२२ मत पाएका छन्।

त्यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलमले १३ हजार २ सय ७९ मतका साथ अग्रता कायम राखेका छन्।

बीरगन्जका लागी एमालेसंग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार पुरुषोत्तमलाल झाले भने २ हजार ६ सयभन्दा ९४ मत ल्याएका छन् । उपमेयरमा गुलाफ छाप भएको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने १ हजार ८ सयभन्दा ७७ मतका साथ तेश्रो स्थानमा छिन्।

प्रकाशित: ५ जेष्ठ २०७९ १५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App