८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

हलेसी तुवाचुङ नगरमा काँग्रेस विजयीः खोटाङका २ पालिका प्रमुखमा महिला

हलेसी तुवाचुङ नगरप्रमख राई र उपप्रमुख राउत। तस्विरः महेश्वर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयर उपमेयर दुवैमा नेपाली काँग्रेस जितेको छ। मेयरमा बिमला राई र उपमेयरमा रमेशकुमार राउत जितेका छन्।

यसअघि नगर उपमेयर रहेकी राईले ६ हजार ३ सय १७ मत ल्याएर एमाले उम्मेदवार खडेन्द्र राईलाई पराजित गरेकी हुन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका राईले ५ हजार ९ सय ६६ मत पाएका छन्। उपमेयरमा राउतले ५ हजार ९ सय ३४ मत ल्याएर जित्दा माओबादीका अमेम्बर राईले ५ हजार ६ सय ६१ मत पाएका छन्। काँग्रेसले मेयर र उपमेयरमा गठबन्धन नगरी एक्लै लडेको थियो भने मेयरमा एक्लै लडेको एमालेले उपमेयरमा माओबादीसँग भित्रि तालमेल गरेको थियो।

हलेसी तुवाचुङमा ११ वडामध्ये २ वटा एमाले र एउटामा माओबादीबाहेक सबै काँग्रेसको पोल्टामा परेको छ। १ मा रुद्रकुमार राई, २ मा कुमार राई, ३ मा भुपालसिंह राई, ४ मा किशोर बस्नेत र ५ मा रुपेन्द्र राई काँग्रेसबाट वडाध्यक्ष चुनिएका छन्। त्यस्तै ७, ८ र ९ मा पनि काँग्रेसकै क्रमशः कमल गिरी, देवराज राई र काशीराजराई वडाध्यक्ष जितेका छन्। ६ मा माओबादीका गण राईले जितेका छन् भने १० र ११ मा एमालेबाट अर्जुन पुरी र अनिश कार्की वडाध्यक्षमा विजयी भएका छन्।

हलेसी तुवाचुङमा बिमला राई मेयरमा विजयी भएसँगै खोटाङका दुई पालिकामा महिलाले स्थानन्ीय सरकार हाँक्ने मौका पाएका छन्। जिल्लाको अर्को स्थानीयतह जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा पनि अरुणादेवी राई निर्वाचित भएकी छिन्।

गठबन्धनका तर्फबाट अध्भ्यक्षमा उठेकी माओबादी उम्मेदवार अरुणादेवीले एमालेका शंखरबहादुर राईलाई २ सय ६ मतको अन्तरले पराजित गर्दै जन्तेढुंगा सरकार हाँक्ने अवसर पाएकी हुन् । अरुणदेवीले २ हजार ८ सय ८१ मत ल्याएर विजयी हुँदा शंखरलाई २ हजार ५ सय ७५ मत परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App