२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

भिमादमा एमालेका सुवेदी र खनाल निर्वाचित

भिमाद नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालको उम्मेद्वार विजयी भएका छन्। मेयरमा दधिराज सुवेदी दुई हजार २७१ मतान्तरका साथ विजयी भएका छन्।  सुवेदीले आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिष्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरेका थिए।

उपमेयरमा एमालेकी शारदा खनाल फेरी दोहोरिएकी छन्। उनी ४६२ मतान्तरले विजयी भएकी हुन्। खनालले सात हजार ६६७ मत प्राप्त गरी विजयी हुदाँ प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत ल्याउदै पराजित भएका छन्।

भिमादमा २४ हजार ८८४ मतदाता रहेको १६ हजार १४९ मत खसेको थियो। यस्तै, वडातर्फ २, ३, ७, ८ र ९ मा एमालेले जितेको छ भने १, ४, ५, ६ नेपाली नेपाली कांग्रेसले जितेको छ।

वडा नम्बर १ मा दिपक आले, २ मा दिनेशकुमार थापा, ३ मा पदम सेन ठकुरी, ४ मा रामकृष्ण राना, ५ मा पदमबहादुर थापा, ६ मा श्याम जोशी, ७ मा प्रकाश श्रेष्ठ, ८ मा अणबहादुर शाही र ९ मा रनबहादुर थापा विजयी भएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App