coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

पाल्पाको रैनादेवी छहरामा गठबन्धनका उम्मेदवार भट्टराई र थापा निर्वाचित

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मांगत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका हुन्।  

अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत प्राप्त गरे। उपाध्यक्षमा नेकपा माओवादी केन्द्र युवराज थापाले ६ हजार ३ सय ७ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार ७ सय ६१ मत प्राप्त गरिन्।  

रैनादेवी छहरामा आठ वडामध्ये सिद्देश्वर र भुवनपोखरीमा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भए। यस्तै नेकपा एमाले छहरा र सत्यवतीमा विजयी भएको छ भने सोमादी, मुझुङ, जुठापौवा, बल्ढेङगढीमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्। रैनादेवी छहरामा २०७४ सालको निर्वाचनमा कांग्रेस ६ वडामा विजयी भएको थियो भने माओवादी र एमालेले एक/एक वडा विजयी भएका थिए।

प्रकाशित: ३ जेष्ठ २०७९ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App