१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

विजयीलाई पराजित हुनेको शुभकामना

निर्वाचित अध्यक्षलाई शुभकामना दिंदै चन्द।

रोल्पाको एक गाउँपालिकामा लोकतन्त्रको सौन्दर्य जित/हारपछि गजबको सौहार्द देखिएको छ। जिल्लाको परिवर्तन गाउँपालिकामा माओवादीका सुकबहादुर बुढा निर्वाचित भएपछि छेउमा रहेका पराजित कांग्रेसका विश्वकुमार चन्दले खादाअबिर लगाएर अंकमाल गर्दै शुभकामना दिए। उच्च नेतृत्वमा समेत पराजय भएपछि तुच्छ र छुद्र बोली व्यवहार गर्ने राजनीतिज्ञलाई चन्दले गतिलो पाठ सिकाएका छन्।

‘जितहार स्वभाविक हो। लोकतन्त्रमा एउटाले जित्ने अर्काले हार्ने हुन्छ नै।’ शुभकामनापछि चन्दले भने ‘सबैले जनताका लागि राम्रो गर्ने हो। आशा छ उहाँले जनहितमा काम गर्नु हुनेछ।’

रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका चन्द १ सय ८० को अन्तरले पराजित भएका हुन्।

रोल्पामा हालसम्म आएको नतीजा अनुसार माओवादीले एक नगरपालिकासँगै परिवर्तन गाउँपालिका, माडी गाउँपालिका, सुनिल स्मृति गाउँपालिका र थवाङ गाउँपालिका जितेको छ। सुरुवातीदेखि नै रुन्टीगढी गाउँपालिकामा कांग्रेसको अग्रता छ भने त्रिवेणी र माडिमा माओवादी एमाले बिचमा तीव्र प्रतिस्पर्धा छ। जिल्लाको सुनिल स्मृति, लुङग्री, सुनछहरीमा माओवादी अग्रता कायम छ। गंगादेव गाउँपालिकामा कांग्रेसले एमालेलाई दोस्रो बनाउँदै जित हासिल गरेको छ।

अहिलेसम्म रोल्पाका ७२ वडामध्ये ६३ वडाको नतीजा सार्वजनिक भइसकेको छ। जसमध्ये ४४ वटा वडा माओवादीले जित हासिल गरेको छ भने कांग्रेसले ११ वटा वडा जितेको छ। एमालेले ६ वटा वडा जित्दै गर्दा समाजवादी र स्वतन्त्रले एक एकवटा वडा जितेका छन्।

रोल्पा नगरपालिकाका १० वडामध्ये ३ न. वडाबाहेक सबै माओवादीले जितेको छ। सुनिल स्मृति गाउँपालिकाका १,३,४,५,६,७ र ८ माओवादीले जितेको छ भने वडा न. २ स्वतन्त्रले जितेको छ। माडी गाउँपालिकामा वडा न. ३ समाजवादीले जित्दा १, २, ४, ५ र ६ मा माओवादीले नै जितेको छ।

थवाङमा वडा न. ४ एमालेले जित हासिल गरे पनि बाँकी १,२,३ र ५ माओवादीले लगेको छ। परिवर्तनको वडा न. ३ र ६ कांग्रेसले जिते पनि  १,२,४ र ५ माओवादीले नै जितेको छ। रुन्टीगढी गाउँपालिकामा वडा न. २ र ७ माओवादीले जितेको छ भने १ र ४ कांग्रेस, ३,५ र ६ एमालेले जितेको छ।

सुनछहरी गाउँपालिकामा १,२,३ र ५ माओवादीले जित्दै गर्दा वडा न. ४ मात्र कांग्रेसले जितेको छ। लुङग्री गाउँपालिकाका २,४,५,६ र ७ माओवादीले जितेको छ।

गंगादेव गाउँपालिकामा वडा न. १,२,४,५ र ७ कांग्रेस, ६ एमाले ३ माओवादीले जितेको छ। त्रिवेणी गाउँपालिकामा वडा न. २ एमालेले जितेको छ भने १, ३ र ४ माओवादीले जितेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App