२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

बाराको दुई उपमहानगरपालिकामा गठबन्धन र एमाले अगाडी

बाराको दुई उपमहानगरपालिकामा मतगरणा कार्य जारी छ। १६ मध्ये १५ स्थानीय तहमा जारी मतगरणा अनुसार कलैया उपमहानगरपालिकामा एमालेका बिनोद साहले १२९५ मतसहित अग्रता लिएका छन् भने गठबन्धन तर्फमा उम्मेदवार राजेश राय यादवले ७१७ मतसहित साहलाई पछ्याएका छन्।

उप प्रमुखमा एमालेकी रौशन प्रबिणले १०१८ मतसहित अग्रता लिएकी छिन् भने उनलाई गठबन्धनका प्रमोद गुप्ताले ७४० मतसहित प्रबिणलाई पछ्याएका छन्। जीतपुर सिमरा उपमहानगरमा गठबन्धनका उम्मेदवार राजन पौडेल ३ हजार ७०१ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सरस्वती चौधरीले २ हजार २४६ मत ल्याएर पछ्याएकी छिन्।

त्यस्तै उपप्रमुखमा गठबन्धन तर्फकी उम्मेदवार मेघा शाहीले ३ हजार ५५२ मत ल्याएकी छिन् भने एमालेका उम्मेदवार भोला अधिकारीले २ हजार ४२० मत ल्याएका छन्। जितपुरसिमरा उपमहानगरको हालसम्म वडा नं २३, २४ र वडा नं १ को मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं २ र २२ गणना भइरहेको छ। वडा नं २४ र १ मा नेपाली कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् भने वडा नं २३ मा नेकपा एमालेले खाता खोलेको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App