२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

दर्शनको राम्रो व्यवस्था मिलाएको पाएपछि पर्यटनमन्त्री खुसी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्री पाण्डेले हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसरको अवलोकन गरेका छन् ।  

मन्त्री पाण्डेले पशुपतिनाथ पुगेर दर्शनार्थीहरूसँग संवाद गर्दै त्यहाँको व्यवस्था र अवस्थाबारे चासो देखाए । उनले दर्शनका लागि भक्तजनलाई सहज वातावरण मिलाउन कोषले गरेको प्रयासप्रति खुसी व्यक्त गरे ।  

साथै, दर्शन गर्न आउने जो कोहीलाई पनि छिटोछरितो तथा व्यवस्थित रूपमा दर्शन गर्न पाउने वातावरण कायम गर्न कोषका कर्मचारीलाई आवश्यक निर्देशन दिए ।  

No description available.

पशुपति मन्दिरमा पुगेका भक्तजनहरूको सहज पूजाअर्चना सुनिश्चित गर्न विशेष ध्यान दिएको मन्त्री पाण्डेले शान्ति–सुरक्षाको पक्षमा खटिएका सुरक्षाकर्मीहरूसँग समेत प्रत्यक्ष जानकारी लिएका थिए ।  

यस वर्ष विगतका तुलनामा बढी सहज र व्यवस्थित वातावरणमा पूजा–दर्शन गर्न पाएको अनुभव सुनाउँदै दर्शनार्थीहरूले कोष, सुरक्षाकर्मी तथा व्यवस्थापकीय निकायको कार्यको प्रशंसा गरेका छन्।

प्रकाशित: १० भाद्र २०८२ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App