घोडेजात्राको अवसर पारेर ललितपुरको पाटन क्षेत्रमा ‘एकल घोडेजात्रा’ सम्पन्न भएको छ।
काठमाडौंको टुँडिखेलमा जस्तो धेरै घोडा नदौडाई, पाटनमा एउटा मात्र घोडा कुदाएर यो जात्रा मनाउने परम्परा छ।
पाटन दरबार स्क्वायरस्थित मूलचोकबाट सुरु भएको घोडा दौड बालकुमारी मन्दिर पुगेर टुंगिएको थियो। स्थानीयले मौलिक शैलीमा उक्त जात्रालाई यस वर्ष पनि निरन्तरता दिएका हुन्।
जात्राका क्रममा घोडालाई ओल्खु, नेउत, लोहलँ र भोल गणेशका प्राचीन गल्ली हुँदै बालकुमारीसम्म दौडाइएको थियो।
बालकुमारी मन्दिर परिसरमा पुगेपछि घोडालाई मन्दिरको तीनपटक परिक्रमा गराइएको थियो। मन्दिर घुमाएपछि विधिपूर्वक यस वर्षको जात्रा समापन गरिएको हो।
उपत्यकाका अन्य स्थानमा मनाइने घोडेजात्राभन्दा ललितपुरको जात्रा नितान्त फरक शैलीको छ। जात्रामा एउटा मात्र घोडा प्रयोग गरिने र त्यसैलाई दौडाउने परम्परा भएकाले यसलाई ‘एकल घोडेजात्रा’ भन्ने गरिएको हो।
हेराैं तस्बिरहरु:


















प्रकाशित: ४ चैत्र २०८२ १७:०८ बुधबार




