३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

फागुनमा १८ हजार बढीले गरे पाथीभरा दर्शन

फाइल।

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा फागुन महिनामा १८ हजार ६ सय ५२ जना तीर्थालुले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिले दर्शनार्थीको चापसँगै यस अवधिमा ३१ लाख रुपैयाँभन्दा बढी भेटी गणना गरिएको जनाएको छ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले फागुनमा भक्तजनबाट संकलन भएको भेटीको हिसाब सुनाएका हुन्। उनले थपे, ‘यस महिनामा मन्दिरमा संकलन भएको भेटीमध्ये ३१ लाख १० हजार रुपैयाँ गणना गरिएको छ।’

समितिले हरेक महिनाको मसान्तका दिन मन्दिरमा आउने दर्शनार्थीको कुल संख्या र उक्त महिनामा गणना भएको भेटी रकम औपचारिक रूपमा सार्वजनिक गर्दै आएको छ।

मन्दिरको आर्थिक पारदर्शिता कायम राख्न हरेक महिनाको अन्तिममा यसरी नै विवरण सार्वजनिक गर्ने गरिएको उनले बताए।

प्रकाशित: ३० फाल्गुन २०८२ १९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App