३२ असार २०८३ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

भक्तपुरमा बिहीबार नवदुर्गा जात्रा, दानव–देवगणबीच संघर्षको सांस्कृतिक प्रदर्शन गरिने

फाइल तस्बिर

नवदुर्गा जात्रा अन्तर्गत भक्तपुरमा बिहीबार दानव र देवगणबीचको संघर्षलाई सांस्कृतिक रूपमा प्रदर्शन गरिने भएको छ। शताब्दीयौँदेखि सञ्चालन हुँदै आएको यो जात्रा नवदुर्गा द्योछें मा दिनभर सञ्चालन हुने आयोजकले जनाएको छ।

नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था का अनुसार वार्षिक देवाली पूजा (स्वं छा) को अवसरमा आयोजना हुने कार्यक्रममा विशेषगरी साँझदेखि रातिसम्म मुख्य सांस्कृतिक प्रस्तुति हुनेछ।

संस्थाका प्रमुख सल्लाहकार नारायणमान वनमाला का अनुसार जात्रामार्फत सत्यको विजय र असत्यमाथि सत्यमार्फत स्थापित हुने सन्देश प्रवाह गरिन्छ। यस वर्ष अतिरिक्त महिना ९मलमास० का कारण देवाली पूजा असार महिनामा परेको उनले जानकारी दिए।

देवाली पूजाका अवसरमा नवदुर्गा मन्दिरमा विशेष पूजा, फूलमाला सजावट, बलि अर्पण तथा विभिन्न धार्मिक अनुष्ठान गरिने कार्यक्रम रहेको छ। पूजाका क्रममा देवताको मुकुण्डो सार्वजनिक रूपमा राखेर बाजागाजासहित पूजा गर्ने परम्परा रहेको जनाइएको छ।

संस्थाले जात्रा तथा देवाली पूजाको अवलोकन गर्न भक्तजन तथा सर्वसाधारणलाई उपस्थित हुन आग्रह गरेको छ।

आयोजकका अनुसार यस वर्षको नवदुर्गा जात्रा अन्तर्गत आगामी असार ११ गते इछुटोलमा ङालाकेगु जात्रा, असार २१ गते तलेजु मूलचोकमा अन्तिम भोज तथा कालरात्रि नाच र असार २३ गते नगर परिक्रमा तथा ब्रह्मायणी पीठमा मुकुण्डो दहन गरेपछि जात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ।

प्रकाशित: ३ असार २०८३ १९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App