१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

पाथीभरामा एकै दिन १० हजार बढीले गरे दर्शन

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा मंगलबार यो वर्षकै सबैभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मंगलबार १० हजार ६ सय १६ जनाले मन्दिरको दर्शन गरेका छन्।

एकै दिन साढे १० हजार बढीले मन्दिरको दर्शन गरेको वर्षकै बढी संख्या रहेको क्षेत्र विकास समितिले जनाएको छ।

मौसम खुल्ला भएको, पारिलो घाम लागेको र यातायात समेत सहज भएका कारण विगत केहिदिन यता पाथीभरामा दर्शनार्थीको घुइँचो लागिरहेको छ।

यसअघि गत कात्तिक ७ गते एकै दिन ४ हजार ३ सय ७ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए।

उक्त रेकर्डलाई मंगलबारको दर्शनार्थीको संख्याले तोडेको छ।

प्रकाशित: १७ कार्तिक २०८३ १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App