१८ चैत्र २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

घटे पाथीभरा दर्शन गर्ने भक्तजन, कात्तिकमा साढे ३४ लाख भेटी संकलन

कात्तिक महिनामा पाथीभरा मन्दिरबाट झण्डै साढे ३४ लाख बढी भेटी रकम संकलन भएको छ।  

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ३४ लाख ४८ हजार ५ सय रुपैयाँ भेटि संकलन भएको छ।  

हाङवाङका अनुसार कात्तिक महिनामा ४२ हजार २ सय ६१ दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन्।  

यो गत आर्थिक वर्षको कात्तिक महिनामाभन्दा निकै कम हो । गत वर्षको कात्तिक महिनामा ६१ हजार १ सय ७३ जनाले मन्दिरको दर्शन गरेका थिए ।

प्रकाशित: ३० कार्तिक २०८२ १६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App