१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको हो।

हिन्दू धर्मअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ। भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदैछ। हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। विगतका वर्षमा भने कोरोनाका कारण मन्दिरमा भीड कम भएको थियो।

मन्दिरमा पूजा अर्चनाका लागि दक्षिण र उत्तरतर्फ  भक्तजनहरुको लाइन लागेको छ। महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ।  मन्दिर परिसरमा भक्तजनको सुविधाको लागि मङ्गल टोलसुधार समितिले स्वास्थ सेवा र पानी को व्यवस्थापन गरेको छ।  

लाइन व्यवस्थापनका लागि स्काउट, ललितपुर महानगर प्रहरीहरु खटिएका छन्, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समन्वय र सहजीकरण गरिरहेका छन्। 

प्रकाशित: १९ भाद्र २०८३ १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App