३ चैत्र २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

अमेरिकामा दसैँ मनाउने मितिमा विवाद, कहिले लगाउने टिका?

<br>

नेपालभन्दा सात हजार माइल टाढा रहेका नेपाली समुदायबिच दसैँको टीका कुन दिन लगाउने भन्ने विषयमा यस वर्ष पनि बहस चलिरहेको छ। नेपाल र अमेरिकाको समय भिन्नताका कारण पञ्चाङ्गले तोकेको साइत र व्यावहारिकतामा मेल खान नसक्दा टिका कहिले थाप्ने भन्ने विवाद कायम रहेको हो।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष अमेरिकाको टेक्ससमा अक्टोबर १ का दिन बिहान ११ः३३ मा टीकाको साइत तोकेको छ भने नेपालमा असोज १६ गते बिहान ११ः५३ मा साइत परेको छ। तर अमेरिकामा रात पर्दा नेपालमा दिन हुने भएकाले, नेपालमा साइत पर्ने समय अमेरिकामा मेल खान सक्दैन। यही कारण कतिपयले नेपालमा टीका लगाइसकेपछि अमेरिकामा भोलिपल्ट बिहान टिका लगाउने गरेका छन्।

टेक्सस, ड्यालसस्थित नेपाली मन्दिरमा केही हप्ता अघि भएको छलफलमा पनि बहुमतले नेपालमा टीका लगाइएपछि अमेरिकामा भोलिपल्ट दसैँ मनाउने निर्णयलाई व्यवहारिक मानेका थिए। सर्वेक्षण परिणामले पनि यही धारणा बलियो पारेको थियो।

यसरी, पञ्चाङ्गले तोकेको साइतभन्दा बढी अमेरिकास्थित नेपाली समुदाय व्यवहारिकतालाई आधार बनाई आफ्नो दिन मिलाएर दसैँको टीका थाप्न अभ्यस्त बन्दै गएको छ।

प्रकाशित: १५ आश्विन २०८२ २१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App