१ चैत्र २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

घरघरमा नाग टाँसेर मनाइयो नागपञ्चमी

घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएको छ। नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुख नपाइने धार्मिक विश्वास छ।  

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका नागदह, नागकुण्ड र नागस्थानहरूमा नागको पूजा-आराधना गरी मेला लागेको थियो। 

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वासुकी मन्दिरमा पनि विशेष पूजा गरिएको थियो। नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरू आराम गर्छन्। आज खनजोत गरेमा नाग मारिन्छन् भन्ने ठानेर त्यसो गरिएको हो।

प्रकाशित: १३ श्रावण २०८२ १७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App