२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

बेलायती राजदूत फेनले बहिनीको हातबाट लगाए राखि

नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले हिन्दुहरूको पर्व जनैपूर्णिमा मनाएका छन‍्।

उनले हातमा डोरो र राखि लगाएर जनैपूर्णिमा मनाएका हुन्। उनले आफ्नी बहिनीको हातबाट राखि लगाएका हुन्।

यस अवसरमा फेनसँगै उनका दिदीबहिनी र सहकर्मीहरूले पनि हातमा डोरो बाँधेर जनैपूर्णिमा मनाएका छन्। डोरो बाँध्दै राजदूत फेर्नले रक्षाबन्धन, जनैपूर्णिमा तथा राखीको शुभकामना समेत व्यक्त गरे।

राजदूत फेनले नेपालका विविध धर्म, संस्कृति र परम्परागत रीतिरिवाजप्रति विशेष रुचि राख्दै आएका छन्। उनले विभिन्न सांस्कृतिक पर्व, परम्परा र धार्मिक गतिविधिहरूमा सहभागिता जनाउँदै नेपाल र बेलायतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आएका छन्।

सांस्कृतिक कूटनीतिको पक्षधर रहेका राजदूत फेनले स्थानीय समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहँदै नेपाली संस्कृति विश्वमञ्चमा चिनाउन योगदान दिइरहेका छन्।

प्रकाशित: २४ श्रावण २०८२ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App