२९ असार २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

मुस्लिम समुदायको पर्व मोहर्रमका अवसरमा नेपालगन्जका विद्यालय बन्द

मुस्लिम समुदायको महान् पर्व मोहर्रमका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत पर्ने सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरू आज (आइतबार) बन्द हुने भएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाबाट जारी सूचनामा विद्यालयहरूमा आज पठनपाठन बन्द रहने उल्लेख गरिएको छ।

सूचना अनुसार मुस्लिम समुदायको पर्व मोहर्रम परेकाले उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू एक दिनका लागि बन्द गरिने जनाइएको हो।

उपसचिव गाेर्खबहादुर थापाले हस्ताक्षर गरेको सूचनामा विद्यालयहरूमा पठनपाठन नहुने जानकारी दिँदै सबैमा आवश्यक व्यवस्था मिलाउन अनुरोध समेत गरिएको छ।

प्रकाशित: २२ असार २०८२ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App