यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेशचोकमा नयाँ थ्रीएस शोरूम ‘व्हिलिश ग्यालोर प्रालि’ औपचारिक रूपमा उद्घाटन गरेको छ। यामाहा नेपालको यो १०३औँ शोरूम बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले उद्घाटन गरेका छन्।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर श्री मिठाराम अधिकारी, उपमेयर श्रीमती अनीता लामा तथा एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाललगायत उपस्थिति थिए।
उद्घाटन कार्यक्रममा भावनात्मक क्षणका रूपमा ‘व्हिलिश ग्यालोर प्रा. लि.’ का सञ्चालक भुवेश खड्का आफ्ना १०६ वर्षीय हजुरबुवासहित उपस्थित हुनु भएका थिए। जसले समारोहलाई विशेष बनाएको थियो।
नयाँ शोरूममा बिक्री (Sales), सेवा (Service) र स्पेयर पार्ट्स (Spares) एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले बुढानीलकण्ठ र आसपासका ग्राहकहरूलाई सबै सेवा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ। आधुनिक पूर्वाधार र दक्ष जनशक्तिसहित स्थापना गरिएको यस शोरूमले ग्राहकलाई भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
कार्यक्रममा दीपक कुमार अग्रवालले भने, “बुढानीलकण्ठमा यो शोरूम सञ्चालनले यामाहाको सेवा विस्तारलाई थप सशक्त बनाउनेछ। प्रत्येक नयाँ आउटलेटले नेपालभर हाम्रो सञ्जाललाई अझ मजबुत बनाउँदै लगेको छ।”
बुढानीलकण्ठ शोरूमले काठमाडौं उपत्यकामा यामाहा नेपालको उपस्थिति विस्तार गर्दै सबै मोडेलका मोटरसाइकल तथा स्कुटर, जेनुइन स्पेयर पार्ट्स र व्यावसायिक सेवामा सहज पहुँच उपलब्ध गराउनेछ।
एमएडब्ल्यू राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर आफ्नो सञ्जाल विस्तार गरिरहेको छ।
प्रकाशित: २१ वैशाख २०८३ २०:०० सोमबार





