नेपाली फुटबलकी गौरव र 'देशको गहना' सावित्रा भण्डारी 'साम्बा' यतिबेला आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन् । मैदानमा देशको झण्डा उँचो राख्न अहोरात्र खटिने साम्बा यतिबेला घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर छिन् । यस चुनौतीपूर्ण समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडरको उपचार र पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
साम्बाको शल्यक्रिया र त्यसपछिको करिब ८ महिना लामो 'रिह्याब' प्रक्रियाका लागि ठुलो स्रोतको आवश्यकता छ । "थाकेको हो, हारेको छैन" भन्ने साम्बाको अदम्य आँटलाई सम्मान गर्दै भायानेटले उनलाई पुनः खेल जीवनमा फर्काउन यो सानो प्रयत्न गरेको हो ।
साम्बाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भायानेटले भनेको छ- "देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथै रहनेछौँ । उहाँ चाँडै निको भएर मैदान फर्कने र देशलाई पुनः गौरवान्वित बनाउने कुरामा हामी विश्वस्त छौँ ।"
भायानेटले आफ्नो ब्रान्ड एम्बेसडरप्रति देखाएको यो तत्परताले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रयोगकर्ता र सरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो कनेक्सन कायम राख्ने कम्पनीको मूल मन्त्रलाई थप चरितार्थ गरेको छ ।
प्रकाशित: १३ फाल्गुन २०८२ १७:०३ बुधबार





-600x400.jpg)