भायनेटले इन्टरनेट र viaTV सेवा सामान्यस्तरमा फर्काएको बताएको छ । सेवा पूर्ण क्षमतामा नभएपनि अधिकांश ग्राहकहरूका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । बाँकी सर्भरहरू अर्को डाटा सेन्टरमा सार्ने काम सकिए पछि सेवा आइतबारभित्र पूर्णरूपमा सामान्य हुने अपेक्षा गर्दै भायनेटले सेवा केही स्लो हुन भने सक्ने जनाएको छ ।
Vianet Customer Mobile App फेरि पूर्णरूपमा काम गरिरहेको बताउँदै भायनेटले Call Center पनि बढेको क्षमतासहित सञ्चालनमा आएको उल्लेख गरेको छ । फाइबर टेक्निसियनहरूले दिनरात मेहनत गरेर हालैका घटनाबाट बिग्रिएका अधिकांश (यदि सबै नभए पनि) फाइबर ब्रेकेजहरू गरेसकेका छन्।

भायनेटले भनेको छ, 'यस्तो ठूलो र अप्रत्याशित समस्याबीच पनि हाम्रो टिमले ४८ घण्टाभित्र सेवा सामान्यस्तरमा ल्याउन सफल भएको छ । यसले हाम्रो नेटवर्कको मजबुती र टिमको समर्पण देखाउँछ । यस अनुभवले हामीलाई भविष्यमा सेवा अवरुद्ध हुने जोखिम कम गर्न प्रणाली अझ बलियो बनाउने प्रेरणा दिएको छ ।'
पछिल्ला केही दिनमा ग्राहकहरूले देखाउनु भएको धैर्य, बुझाइ, र विश्वासका लागि भायनेटले आभार पनि व्यक्त गरेको छ ।
प्रकाशित: २९ भाद्र २०८२ १५:४६ आइतबार





-600x400.jpg)