१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कर्पोरेट

सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा दश प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंकर जर्मन होम्स् प्रा.लि.बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।  

सम्झौताअनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्समा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ। 

प्रकाशित: ३१ आश्विन २०८२ १९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App